कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका-१ ढक्काकी वृद्धा खण्टी भुलको हत्या भएको प्रहरीले बताएको छ ।

आइतबार दिउँसो वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक वृद्धा घरमा एक्लै बस्ने गरेको बताइएको छ । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्