प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

काठमाण्डौ – प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुनेछ ।

विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।

महामन्त्री डा.शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्