‘सर्वोच्चले जे फैसला दिन्छ, त्यही मान्छौँ’: काँग्रेस नेता एनपी साउँद

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको बताएका छन् ।

काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ को झलारीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता साउँदले प्रधानमन्त्री ओली, पुष्पकमल दाहल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुलाई देखाएर ससद विघटन गरेको दोष देखाउन खोजिएको बताउदै घोषणा गरेको निर्वाचनको मिति जनतालाई ढाँटनका लागि भएको टिप्पणी गरे ।

एनपी साउँद


‘काँग्रेसले संविधान र सर्वोच्चको विश्वास गर्ने छ, ‘उनले भने, ‘सर्वोच्चले जे फैसला दिन्छ, त्यही मान्छौँ ।’ २ तिहाईको कम्यूनिष्ट नेतृत्वको सरकारले गरेको कर्म अक्षम्य भएको बताउदै केन्द्रीय सदस्य साउदले बताए । काँग्रेसले पद प्रतिष्ठानका लागि राजनीतिक नगरेको बताउदै उनले समाज परिर्वतनका लागि लागि परेको बताएका छन ।

‘गरिब, आरक्षपीडितको उन्मुक्तिका लागि हामी लागेका छौँ, ‘उनले भने, ‘हामी भोटका लागि होईनौँ ।’ कम्यूनिष्ट सरकारले ३ बर्षसम्ममा आरक्षपीडितका लागि कुनै काम नगरेको बताए । काँग्रेसले संसद विघटन बिरुद्धमा निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्