२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

१३ पुस,काठमाडौं । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुादे समझदारी भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

किसान प्रतिनिधिसंग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उनले बताए । ‘किसानको बक्यौता २१ दिन भित्र उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति गर्न किसान प्रतिनिधि तयार भए,’ ओझाले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्