सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

१४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकार

बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड(माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्