छाडा चौपायाको आहारका लागि ‘एक कप चिया’

महेन्द्रनगर १४ पुस । कञ्चनपुरस्थित सामाजिक संस्था हेल्प नेपाले छाडा चौपायाको आहारका लागि एक कप चिया कार्यक्रमको आयोजना गरेको छ ।
सुदुरपशिचमेलीहरुमा महत्वपुर्ण पर्व पुसे १५ को अवसरमा महेन्द्रनगर स्थीत मदन चोकमा हेल्प नेपालले एक कप चिया कार्यक्रमको आयोजना गरेको हो ।

सडकमा अलपत्र छोडिएका छाडा चौपायाको आहारका लागि एक कप चिया कार्यक्रमको आयोजना गरिएको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए । उनल चिया बिक्री बाफत उठेको रकमलाई छाडा चौपायाको आहारमा खर्च गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

‘हेल्प नेपालले छाडा चौपायाको आहारको एक कप चिया कार्यक्रम सञ्चालन गरेको छ ।’ अध्यक्ष चन्दले भने– ‘चन्दा माग्नु भन्दा चिया बिक्री वाफत आएको पैसा छाडा चौपायाको आहारमा लगाउन यो कार्यक्रम गरिएको हो ।’ चौपायाको आहारमा सहयोग गर्ने इच्छुकले एक कप चिया खानुपर्ने छ र चिया खाए वाफत रु २० रुपैया तिर्नुपर्ने छ ।

चिया बिक्रि वाफतको रकम छाडा चौपायाको आहारमा खर्च हुने हेल्प नेपालले जनाएको छ । त्यस्तै स्थानीय युवा शंकरदक्त जोशीले छाडा पशु चौपायाको आहारका लागि सिर्जनात्मक कार्यक्रमको थालनी गरिको बताउँदै त्यसमा युवाहरको साथ सहयोग र समर्थन रहनु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा पुसे पन्ध्र विशेष साहित्यिक कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा यहाँका साहित्यकारहरुले रचना वाचन गर्दैछन ।कार्यक्रममा हेल्प नेपालका अध्यक्ष मदन चन्द,रमेश पन्त मीतबन्धु,राकेश चन्द,दिपक चन्द,विष्णु पन्त, लगायत समाजसेवीहरुको उपस्थीती रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्