काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिध्याउने टिप्पणी गरेका छन् ।
जनता समाजवादी पार्टीले मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको अन्तर्क्रिरया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्,’ उनको भनाइ छ, ‘विरोध गर्ने अरुलाई पनि एक(एक गर्दै सिध्याउँदै जानुहुन्छ।’
संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले आफूहरु नै आधिकारिक नेकपा भएको र ओली गुटको नेता मात्रै भएको दावी गरे।
‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनको भनाइ छ, उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कति दिन नेकपा रहने हो।’