सुदुरपश्चिमका प्रतिभावान् भलिबल खेलाडीलाई छात्रवृत्ति

महेन्द्रनगर २१ पुस ।
सुदूरपश्चिमका भलिबलका प्रतिभावन् खेलाडीे छनौट कार्याक्रमको घोषणा गरिएको छ । मंगलबार महेन्द्रनगरमा एक कार्याक्रमकाबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले यक्तकार्यक्रमको घोषणा गरेका हुन् ।


१८वर्ष भन्दा कमउमेर भएका खेलाडीहरुलाई प्रशिक्षण दिनका लागि उक्त कार्यक्रम सुरु गरिएको हो । भलिवल प्रशिक्षणमा सहभागी हुने खेलाडीले मासिक ३ हजार रुपैंया पाउने छन् ।


सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५४ जना खेलाडीमध्ये १२ महिला र १२ पुरुषगरि २४ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिने भलिबल प्रशिक्षिक जगदीश भट्टले बताए । उनका अनुसार छनौटमा परेकालाई महेन्द्रनगरस्थित भलिवल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

‘आगामी दुई वर्षमा राष्ट्रिय टोलीलाई योगदान दिन सक्ने खेलाडी उत्पादनगर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको हो,’ नेपाली महिला राष्ट्रिय भलिवल टिमका प्रशिक्षक समेत रहेको प्रशिक्षक भट्टले भने, ‘उचाइ बढी भएका र प्रतिभावान् खेलाडीलाई छनौट गरेर प्रशिक्षण दिन लागेका छौँ ।’


पहिलो चरणमा ६ महिनासम्म छात्र वृत्ति दिइनेछ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको छनौट गरेर यसमा नयाँ पनि थप गरिने उनको भनाई छ ।
साथै प्रशिक्षणमा सहभागीभएका खेलाडीहरुलाई महेन्द्रनगर आसपासकै विद्यालयहरुमा निशुल्क पठनपाठनको व्यवस्था समेत गरिएको भट्टले बताए ।


प्रतिभावान खेलाडीलाई छात्रवृत्तिको कार्यक्रम नयाँ भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसिलवालले बताए । उनले भलिवलमाउत्कृष्ट खेलाडी छनौट गर्न र देशका लागि अब्बल खेलाडी उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
सदस्य सचिव सिलवाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा सुदूरपश्चिका खेलाडीको बजस्र्वसँगै उकृष्ट प्रदर्शन रहने गरेको बताए ।


सुदुरपश्चिममा लगनशिल र महेनी प्रशिक्षक रहेको बताउँदै उनले भने ‘ईच्छा शक्ति भएमा पुर्वाधार अभावले पनि त्यति फरक पार्दैन भन्ने कुरा यहाँका खेलाडीले प्रमाणित गरेका छन्, अब राखेपले खेलकुद पुर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ ।’
त्यस्तै प्रशिक्षकको उचित मुल्याङ्क सहित खेलाडी र प्रशिक्षकलाई चाँडै नै १५ दिने तालिम आयोजन गर्ने तयारी भईरहेको उनको भनाई छ ।
महेन्द्रनगरस्थित कभर्ड हलमा नेपालकै व्यवस्थितभलिवल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । बिच भलिवल प्रशिक्षणका लागि समेत पुर्वाधार तयार पारिएको छ । आवास सहितको प्रशिक्षण केन्द्र निर्माणको काम समेत अघि बढेको छ । निकट भविश्वमै आवाससहितको प्रशिक्षण दिने कार्यक्रम रहेको प्रशिक्षक भट्टले बताए

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्