‘सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने पावर हाउस हो’: राखेप सचिव सिलवाल

महेन्द्रनगर २१ पुस ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सुदूरपश्चिम खेलाडी उत्पादनमा देशकै पावर हाउस भएको बताएका छन् ।

उनले महेन्द्रनगरमा आयोजित प्रतिभावान खेलाडी छनौटको घोेषणा कार्यक्रममा बोल्दैँ सदस्य सचिव सिलवालले यस्तो बताएका हुन् । उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा सुदूरपश्चिका खेलाडीको बजस्र्वसँगै उकृष्ट प्रदर्शन रहने गरेको बताए ।


सुदुरपश्चिममा लगनशिल र महेनी प्रशिक्षक रहेको बताउँदै उनले भने ‘ईच्छा शक्ति भएमा पुर्वाधार अभावले पनि त्यति फरक पार्दैन भन्ने कुरा यहाँका खेलाडीले प्रमाणित गरेका छन्, अब राखेपले खेलकुद पुर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ ।’
त्यस्तै प्रशिक्षकको उचित मुल्याङ्क सहित खेलाडी र प्रशिक्षकलाई चाँडै नै १५ दिने तालिम आयोजन गर्ने तयारी भईरहेको उनको भनाई छ । छनौट भएका २४ जना खेलाडीले छ महिनासम्म छात्रवृति स्वरुप जनही तीन हजार रुपयाँ पाउने छन् ।


नेपाली महिला भलिबल टोलिका प्रशिक्षक एंव्म कञ्चनपुरका भलिबल प्रशिक्षक जगदिश भट्टले सुदूरपश्चिमका सबै खेलाडीलाई समेटेर छनौट गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५४ जना खेलाडीमध्ये १२ महिला र १२ पुरुषगरि २४ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ ।


उनका अनुसार छनौटमा परेकालाई महेन्द्रनगरस्थित भलिवल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ । ‘आगामी दुई वर्षमा राष्ट्रिय टोलीलाई योगदान दिन सक्ने खेलाडी उत्पादनगर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको हो,’ नेपाली महिला राष्ट्रिय भलिवल टिमका प्रशिक्षक समेत रहेको प्रशिक्षक भट्टले भने, ‘उचाइ बढी भएका र प्रतिभावान् खेलाडीलाई छनौट गरेर प्रशिक्षण दिन लागेका छौँ ।’


पहिलो चरणमा ६ महिनासम्म छात्र वृत्ति दिइनेछ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको छनौट गरेर यसमा नयाँ पनि थप गरिने उनको भनाई छ ।
साथै प्रशिक्षणमा सहभागीभएका खेलाडीहरुलाई महेन्द्रनगर आसपासकै विद्यालयहरुमा निशुल्क पठनपाठनको व्यवस्था समेत गरिएको भट्टले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्