अब टिकटक बनाएर जित्नुस २० हजार

अब टिकटक बनाएर गन्तब्य प्रचार गरेवापत पुरस्कार पाउन सकिनेछ।

नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको हो।‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान ३१ मार्चसम्म मान्य हुने भएको छ।

त्यसमा अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनुपर्नेछ।

त्यसका लागि सुरुमा टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ। त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ। यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ। भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त बोर्डले राखेको छ।

अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्याइस राख्न सकिने भएको छ। तोकिएको समय भित्र पोष्ट भएका भिडियो मध्ये हरेक १५–१५ दिनमा एउटा भिडियोलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बोर्डले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्