महाकाली सिचाँई आयोजना प्रभावितको समस्या सामाधानबारे अन्र्तक्रिया

महेन्द्रनगर २२ पुस । महाकाली सिचाँई आयोजनाबाट प्रभावितको समस्या समाधानका लागि अन्र्तक्रिया कार्याक्रमको आयोजना गरिएको छ । मंगलबार महेन्द्रनगरमा जिल्ला खाद्य अधिकार आयोजना र निड्स र फियान नेपालको सहयोगमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


खाद्य अधिकार सञ्जालका संयोजक कोमल निरञ्जन भाटले आयोजनाबाट प्रभावित भएकाको समस्याबारे छलफल गरिएको बताए । उनका अनुसार अग्लो भुभागमा सिचाँई नलाग्ने, मुसाले नहर कटान गरि अनावश्यक रुपमा खेतमा पानि पसेर बालि नोक्सान हुने, समयमा ट्रसरी सफा नहुने लगायतमा समस्याबारे छलफल गरिएको छ ।


अन्र्तक्रियामा सरोकारवाला निकायसँग बृहत छलफल गर्ने टर्सरी, क्लबको अवस्थाबारे अध्ययन गर्ने निणर्य गरिएको उनको भनाई छ । अन्र्तक्रियामा जिल्ला समन्वय समिति कञ्चनपुरकी उप प्रमुख सानु बुढाथापा, भीनपा ११ का वडाध्यक्ष प्रेम प्रकास जैसी, १२ का वडाध्यक्ष कृष्ण सिंह देउवा लगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्