अधिवक्ताले प्रश्न उठाएपछि संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की

संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्।

अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासबाट बाहिरिने निर्णय गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताए।

‘मैले पनि सुनेँ, म बुझ्ने क्रममै छु’, प्रवक्ता पोखरेलले भने। केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता थिए।

सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री भएको र उनकै सरकारविरुद्धको मुद्दामा न्यायाधीश कार्कीले हेर्न नमिल्ने अधिवक्ताहरुको जिकिर छ।

बुधबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी थिए।
न्यायाधीश कार्कीले छाडेपछि संवैधानिक इजलासमा भइरहेको बहस स्थगित भएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्