सुर्खेतमा बस दुर्घटनाः एक जनाको मृत्यु, एक गम्भीर घाइते

बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा खसेको बसमा सवार एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अर्का एक जना घाइते छन्।

घाइते अवस्थामा उद्दार गरिएका दाङ बबई गाउँपालिका(३का २२ वर्षीय सुमन नेपालीको उपचारका लागि मेहलकुना अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको हो।

सल्यान कालिमाटी गाउँपालिका(४ खैरीका किशोर सुनार घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको उपचार भइरहेको छ।
चन्द्रसुर्य यातायात प्रालिको ना ५ ख ७५५० नम्बरको उक्त बस कार्यालयका अनुसार सल्यानको कालीमाटीबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका लागि आएको थियो। गुर्भाकोट नजिकै भुल्के भन्ने ठाउँमा सडकबाट करिब ७०० मिटर तल नदीमा बस खसेको हो।

बिहीबार दिउँसो २ः५० बजे उक्त बस खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्