धेरै महको सेवनले निम्त्याउँछ यि ५ समस्या

एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन् । यसले तौल घटाउन मद्दत गर्छ । यसले विभिन्न प्रकारका स्वास्थ्य लाभ गर्छ । यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन र चियामा समेत प्रयोग गर्ने गरिन्छ । तर, अत्यधिक मात्रामा महको सेवनले शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गराउँछ ।

१. रगतमा चिनीको मात्रा बढाउँछ
महमा चिनी र कार्बोहाइड्रेटको मात्रा भरपुर मात्रामा हुन्छ । यदि दैनिक रुपमा धेरै मात्रामा मह खाँदा रगतमा चिनीको मात्रा बढ्ने गर्छ । मधुमेहको रोगीहरुले महको सेवन अत्यधिक मात्रामा गर्दा महको सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा वृद्धि हुन्छ । जुन स्वास्थयका लागि निकै हानिकारक हुन्छ ।

२. पाचनसम्बन्धी समस्या
अत्यधिक मात्रामा महको सेवन गर्दा कब्जियतको समस्या पैदा हुन्छ । महमा हुने उच्च मात्राको फ्रुटोज कन्टेन्टले कब्जियतको समस्या पैदा गर्छ । यसले ब्लोटिङ र पखालाको समस्या पनि पैदा गराउँछ । किनकी अत्यधिक मात्रामा महको सेवन गर्दा शरीरमा चिनीको मात्रा धेरै हुन्छ र पचाउन गाह्रो हुन्छ ।

३. रक्तचाप कम हुने
उच्च रक्तचाप भएका व्यक्तिहरुले धेरै मात्रामा महको सेवन गर्ने भएकाले रक्तचाप कम हुने हुँदा स्वास्थ्यमा समस्या आउँछ ।

४. तौल बढ्छ
महमा अतिरिक्त मात्रामा क्यालोरी, चिनी र काब्रोहाइड्रेट पाइन्छ जसले तौल घटाउनेभन्दा बढाउने काम गर्ने भएकाले तौल कम गर्न चाहानेले महको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ ।

५. दाँतसम्बन्धी समस्या
अत्यधिक मात्रामा महको सेवन गर्दा महमा हुने चिनिका कारण दाँत सड्ने समस्या आउँछ । महमा ८२ प्रतिशत चिनी हुने भएकाले यसले दाँतलाई नोक्सान पनि पुर्याउँछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्