मुख्यमन्त्रीमा संस्कार हरायो: वन मन्त्री आले

धनगढीः संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको संस्कार हराएको बताएका छन ।

शुक्रबार धनगढीस्थित खुुला मञ्चमा नेकपा ओली समूह सुदूरपश्चिमले आयोजना गरेको जनसभामा बोल्दै उनले देशको प्रधानमन्त्री आउँदा पनि स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्रीविरुद्ध रोष व्यक्त गरेका हुन ।

‘एउटा २ पटक चुनावमा हारेको बाहुनको छोरोलाई प्रधानमन्त्रीसामु बिन्ती गरेर टिकट दिलाए। गाउँगाउँमा उसकै लागि भोट मागे तर आज त्यहि मान्छेको संस्कार हरायो’ उनले भने, ‘आज देशको प्रधानमन्त्री आउँदा स्वागत गर्न नसक्नेले शिष्टाचार बिर्सियो। अब उनका दिन सकिए ।’ देशकै प्रधानमन्त्री प्रदेशमा आउदाँ मुख्यमन्त्री भट्ट स्वागत गर्न गएन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्