विद्युतको पोलमा ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते

२४ पुस, काठङ्गाडौं । धादिङमा विद्युतको पोलमा ट्रक ठोक्किँद सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

थाक्रे गाउँपालिका(१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा सहचालक चितवनको भरतपुर महानगरपालिका(२९ जुगेडीका २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।

शुक्रबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल सिम्ले हुँदै ग्रिन सिटी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक चितवन भरतपुर महानगरपालिका(२७ बस्ने ३४ वर्षीय यम बहादुर तामाङको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्