काठमाडौंमा कोठाभित्र इन्जिनियर दम्तपी पति–पत्नी नै मृत भेटिए, घटना रहस्यमय

काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन्।

शुक्रबार राति पौने ९ बजे सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। दुवै जना इन्जिनियर थिए।
उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ। उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तर शवको पोस्टमार्टम गरिसकेपछि मात्रै केही कुरा खुल्ने प्रवक्ता विष्टले नेपालखबरसँग बताए। पोस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्