भीमदत्तको खल्ला–मच्छेट्टीको मुहार फेरिदैँ, २५ वर्षपछि विद्युतीकरण

महेन्द्रनगर २५ पुस ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतीय सीमा क्षेत्रमा पर्ने बस्ती खल्ला, मसेट्टी र टुडिखेल नगरकै दर्गम बस्ती मानिन्थे । विकासका पुर्वाधारबाट पछाडि परेका यि बस्तीमा सडक सञ्जाल, विद्युत र सञ्चार लगायतका सेवा सुविधाबाट बञ्चीत थिए ।
स्थानीय तहको सरकार बनेपछि खल्ला मसेष्टी र टुडिखेलले विकासको गति लिएका छन् । विकास निर्माणका पुर्वाधारबाट पछाडि परेका बस्तीमा विकास निर्माणका कार्यले गति लिएको हो ।
भीमदत्त नगरपालिकाको पहलमा गत वर्ष नै सडक सञ्जालमा जोडिएको खल्ला–मसेट्टीमा अहिले विद्युतीकरण गरिएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र बिष्टले विद्युतीकरणको औपचारिक उद्धघाटन गरे । २०५२ सालदेखि बस्ती विकास भएको खल्ला–मसेष्टीमा २५ वर्षपछि पहिलो पटक विद्युत पुगेको हो ।


‘संधै विकासबाट पछाडी परेको भनिने खल्ला–मेसष्टी स्थानीय सरकारको नेतृत्व आईसकेपछि हाम्रो प्राथमिकतामा प¥यो ।’ नगर प्रमुख सुरेन्द्र विष्टले भने ‘नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा लामो सयमपछि त्यहाँ विद्युतीकरण गरिएको छ, सडक विस्तार भईसकेको छ, अब चाँडै सञ्चार सेवा पनि सञ्चालनमा आउँछ ।’

भीमदत्त नगरपालिकाको ११ लाख र बाँकी प्राधिकरणका सहयोगमा खल्ला–मसेट्टीमा विद्युतीकरण सेवा विस्तार गरिएको उनको भनाई छ । विद्युतीकरण भएपछि स्थानीयले जनजिविका सञ्चालन सहज हुने अपेक्षा गरेका छन् । खल्ला मसेट्टीको विकासका लागि पुर्वाधार निर्माणसँगै खानेपानि, सिचाँईका बोरिङ्ग, सहज स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र स्थापना गरिको छ । भने स्थानीय युवालाई स्वरोजगार बनाउन महाकाली नदीमा ¥याफ्टिङ सञ्चालनको तयारी भईरहेकोे छ ।


त्यस्तै भीनपा–९ का वडाध्यक्ष राम नाथले लामो समयको प्रयासपछि दुर्गम बस्तीले विकासको काचुली फेरेको बताए । उनले २०५२ सालदेखि बस्ती बस्दैँ आएकोमा स्थानीय सरकारको नेतृत्वपछि विकासले गति लिएको उनको भनाई छ ।

उनका अनुसार तीन सय परिवार रहेको खल्ला, मसेष्टी र टुडिखेलमा पुर्ण रुपमा विद्युत विस्तार गरिएको र सञ्चारका लागि नेपाल टेलिकमको टावर निर्माण भईसकेको छ । सञ्चारका लागि भारतीय सीमकार्ड प्रयोग गदैँ आएका स्थानीयले केही समयपछि आफ्नै स्वदेशी नेटवर्क प्रयोग गर्न पाउने भएका छन् ।

साथै सीमा क्षेत्रको सुरक्षाका लागि त्यहाँ शसस्त्र प्रहरीको स्थायि विओपी राख पुर्वाधार निर्माण तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्