ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि ट्रम्पले के भने?

हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा नयाँ सामाजिक सञ्जाल (प्लेटफर्म) बनाउने दाबी गरेका छन्।

आफ्नो निजी (पर्सनल) ट्विटर अकाउन्ट बन्द भएपछि ट्रम्पले राष्ट्रपति कार्यालयको (अफिसियल) ट्विटर अकाउन्टमा ट्विट गर्दै ट्विटरले आफ्नो आवाज दबाउन खोज्दैमा नबदिने बताएका हुन्।

‘ट्विटरले मेरो अधिकार दबाउन खोजेको छ। उसले डेमोक्रेट्ससँग मिलेर मेरो अकाउन्ट बन्द गरिदिएको छ,’ उनले लेखेका छन्, ‘७ करोड ५० लाख जनताको आवाज दबाउन सक्दैन।’

ट्रम्पको यो ट्विट पनि ट्विटरले केही सेकेन्डमै डिलिट गरिदिएको छ। एजेन्सी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्