धनगढीबाट छुटेको ट्रक डडेल्धुरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
![](https://deshpati.com/wp-content/uploads/2021/01/durghatana2021-01-10-09-58-29.jpg)
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको बताए।
यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।