अमिताभ बच्चनको आवाज सुनेर दिक्क भएको भन्दै अदालतमा उजुरी !

एजेन्सी। भारतका लोकप्रिय अभिनेता अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी परेको छ। कोरोना महामारीको सचेतनाका लागि मोवाइलमा राखिएको ब्याकटोनमा राखिएको आवाज अमताभको राखिएकामा दिक्दार भएको भन्दै एक व्यक्तिले उनिबिरुद्ध उजुरी गरेका हुन्।

उनले कसैलाइ फोन गर्दा अमिताभको आवाजले दिक्क लागेको भन्दै दिल्लीको एक अदालतमा उजुरी दिएको खुलाएका हुन् । गत मार्च महिना देखि नै नेपालमा जस्तै कसैलाई फोन गर्दा कोरोना महामारीबारे सचेतनाको लागि ब्याकटोन बज्ने गर्दछ।

यसका सम्बन्धमा अमिताभले माफी मागिसकेको बताइएको छ । यो भन्दा अघि पनि सो आवाज रोक्न धेरै अनुरोधहरु आएको बताइएको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्