पर्साबाट हराएका दुई बालक भारतको पटनामा भेटिए

पर्सा- शनिबार बिहानदेखि पर्साको वीरगन्जबाट बेपत्ता भएका दुईजना बालक भारतको पटनामा फेला परेका छन्। आइतबार दिउँसो भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई भारतको पटनामा फेला पारिएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजजित कुँवरले थाहा खबरलाई बताए। उनीहरूलाई नेपाल प्रहरीले समन्वय गरी नेपाल ल्याइने र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

​शनिबार बिहान घरबाट व्याडमिन्टन खेल्न भनी निस्किएका दुई बालक बेपत्ता भएका थिए। बेपत्ता भएका बालकहरु दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका रहेको पर्सा प्रहरीले जनाएको छ।

बेपत्ता बालकहरु मध्ये एक जना यातायात व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा शवेश गुप्ता (तेजस) र अर्का स्थानीय दीपेश शर्माको छोरा प्रनिश शर्मा रहेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ। दुवै बालकहरु स्थानीय गौतम माविको कक्षा ६ मा अध्ययनरत छात्र हुन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्