ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदकिो मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामै २ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारबार भएको छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार नेपाली बजारमा चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्