आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा शनिबार भएको आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ । अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक÷एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत रु १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो । सो टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो । रासस

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्