मालिकले आफ्नो सम्पत्तिको आधा हिस्सा कुकुरलाई दिए

एजेन्सी । आफ्ना बाबुआमाको सम्पत्तिमा छोराछोरीको अधिकार हुन्छ । बाबुआमाको मृत्यु पछि उनीहरुले हकदाबी गर्ने गर्दछन् । तर भारतको मध्यप्रदेशको छिन्दवाडामा एक अनौठो घटना घटेको छ ।

बाडीबाडा भन्ने गाउँका ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिको आधा भाग कुकुरको नाममा गरिदिएका छन् । उनले उक्त कुकुर आफ्नो सन्तान सरह भएको भन्दै यसो गरेको बताइएको छ । त्यसैगरी आधा हिस्सा भने आफ्नी पत्नीलाई पास गरिदिएका छन् ।

किसान ओम नारायणले आफ्ना छोराहरुको व्यवहारबाट दिक्क भएर यस्तो गरेको बताइएको छ । ओम नारायण र उनका छोराहरुको बीचमा दैनिक विवाद भइरहन्थ्यो । आफूसँग दिनदिनै झगडा गर्ने छोराहरुलाई उनले आफ्नो सम्पत्ति नदिएका हुन् । यसका लागि ओम नारायणले कानूनी प्रक्रिया पनि पुरा गरेका छन् ।

उनले आफ्नो सम्पत्तिमा कुकुरलाई आधा दिएको आवश्यक कागजात पनि कानूनी प्रक्रियाकै आधारमा पुरा गरेका हुन् । उनले आफ्नो आफ्नो वसियतमा ‘मेरो सेवा मेरी पत्नी र मैले पालेको कुकुरले गरेको छ त्यसकारण यी मेरा सबैभन्दा प्रिय छन् ।’

उनले आफू मरेपछि पुरै सम्पत्ति र जग्गा–जमिनको हकदार आफ्नी पत्नी र कुकुर हुने स्पष्ट गरेका छन् । कुकुरको सेवा गर्ने नै सम्पत्तिको आगामि हकदार हुने उनको भनाई छ । ती किसानले पारिवारिक विवादका कारण रिसाएर कुकुरको नाममा २ एकड जग्गा पनि दिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्