एनसेलको मुद्दा प्रधानन्यायाधीशले राखे आफ्नै बेन्चमा, सुनुवाई जारी

काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको करसम्बन्धी मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासमा परेको छ ।

आफ्नो सेयर स्वामित्व परिवर्तनमा लाग्ने कर निर्धारणको जानकारी ठूला करदाता कार्यालयले जानकारी गराएपछि अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको मुद्दामा आज सुनुवाइ तोकिएको हो ।

स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो । २०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियाटामा सरेको थियो ।

स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो । यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ । आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो ।

सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो । त्यहि रिटमा आज पुनः सुनुवाइ तोकिएको छ । आज भने प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाइ हुने भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्