बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौ- नेपाली बजारमा आज पनि पहेँलो धातु सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ८०० रूपैयाँले घटेकोमा आज ६०० रूपैयाँले बढेको हो । सोमबार प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार २५० रूपैयाँमा कारोवार भइरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्