प्रधानमन्त्रीले हिन्दीमा बोल्नु गलत भन्दै आन्दोलन गर्लान प्रचण्ड टोलीले, भीम रावलले नयाँ थेसिस लेख्लान्ः गोकुल बाँस्कोटा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

यसैक्रममा पूर्वमन्त्रीसमेत रहेको नेकपाका नेता गोकुल बाँस्कोटाले मंगलवार बिहान ट्वीट गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहप्रति लक्षित गर्दै प्रधानमन्त्रीले हिन्दी भाषामा दिएको अन्तर्वार्ताको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।

बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान् भन्दै टिप्पणी गरेका हुन् । साथै नेपाली जनताले प्रधानमन्त्री ओली ठिक भन्दै आएको समेत उनले दाबी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अब प्रम ओलीले हिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान प्रचण्ड टोलीले । अथवा डा. रावलले नयाँ थेसिस लेख्लान् ओलीको लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्