कञ्चनपुरमा कञ्चन सहायता केन्द्र

कञ्चनपुरः समाजमा हुने विभिन्न समस्या समाधान गर्न सघाउ पु¥याउने उद्येश्यका साथ कञ्चनपुरको बेदकोट नगरपालीका वडा नम्बर २ जडेपानीमा कञ्चन सहायता केन्द्र स्थापना भएको छ । भैपरी आउने समस्या लाई सामुहिक रुपले सुल्झाउन सहयोग गर्ने उद्येश्यका साथ कञ्चन सहायता केन्द्रको स्थापना भएको नव गठीत संस्था कञ्चन सहायता केन्द्रका अध्यक्ष ललीत ओखेडाले बताउनुभयो । उहाका अनुसार कञ्चन सहायता केन्द्रकाले समाजमा रहेका अपांग, अनाथ, असाहय, बृद्ध, एकल महिला, दलित, बालबालिका तथा सिमान्त्कृत बिपन्न परिवार लाई आबश्यक सहयोग गर्ने छ ।

बिपन्न परिवार का बालबालिकाहरुलाइ शिक्षा स्वास्थ रोजगारी को पहुच मा पुर्याउन आबश्यक सहयोग गर्ने,सामाजिक पहिचान झल्काउने एवं जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, विभिन्न सरकारी एवं गैरसरकारी सघ संस्था को साथ सहकार्य गरि सहयोग आदानप्रदान समेत संस्थाले गर्ने कञ्चन सहायता केन्द्रका अध्यक्ष ओखेडाले बताउनुभयो ।

त्यसैगरी दैबिक प्रकोप नियन्त्रण एवम प्राथमिक उपचारका लागि जनस्तरमा आबश्यक सहायता गर्ने भैपरी आउने जस्तोसुकै समस्या समाधानका लागि पनि आवश्यक आर्थिक, भौतिक र नैतिक तवरले सहयोग गर्न नागरिकलाई प्रेरित गर्ने उद्येश्यका साथ कञ्चन सहायता केन्द्रको स्थापना भएको कञ्चन सहायता केन्द्रका अध्यक्ष ललीत ओखेडाले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो । कञ्चन सहायता केन्द्रका उपाध्यक्ष चन्द्र बहादुर दयार, सचिब महेस महता, सह सचिब तुलसी साउद, कोषाध्यक्ष छपेन्द्र भट्ट लगायतका १५ जना कञ्चन सहायता केन्द्रमा आबद्ध छन् ।
सम्बन्धित

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्