जी न्युजलाई ओलीले दिएको अन्तरवार्ता नाटक मात्रै हो: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् ।

बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रश्ट भएको बताए ।

उनले भने, ‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ थियो । उनले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरे ।

‘एभरेष्टको नाम फेर्न रे’, प्रचण्डको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्