आमा बनिन् अभिनेत्री अनुष्का शर्मा

मुम्बई । बलिउड शर्मा अनुष्का शर्मा आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका पति तथा क्रिकेटर विराट कोहलीले आफूहरूलाई पुत्री लाभ भएको र अनुष्कासँगै छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको ट्वीटमार्फत जनाएका छन् ।

यो अवस्थामा आफूहरूलाई बधाई दिनेहरूलाई यी दम्पत्तिले धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा आफूहरूको छोरीको तस्बिर भन्दै भाइरल भएकोमा त्यो तस्बिर आफ्नो छोरीको नभएको पनि उनीहरूले बताएका छन् ।
यता आमा बनेकोमा अनुष्काले पनि खुसी व्यक्त गरेकी छन् ।

केही वर्षको प्रेम सम्बन्धलाई स्थायी रूप दिँदै अभिनेत्री अनुष्का र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा प्रेम विवाह गरेका थिए । क्रिकेटसम्बन्धी एउटा कार्यक्रममा विराटले अनुष्का गर्भवती रहेको केही महिनाअघि खुलाएका थिए । पुत्रीलाभ भएकोमा यतिबेला अनुष्का र विराटलाई शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्