प्रधानमन्त्री केपी शर्मा ओलीले सभा सम्मेलनमा ओलीले आफूलाई जोकर भन्ने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई कडा शब्दमा जवाफ दिएका छन्।

शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त भन्ने प्रश्न समेत गरे।
‘उहाँहरुलाई बढा चिन्ता लागेछ, दुःख लागेछ, केपी ओली मान्छे हसाउँछ, मान्छे हँसाएर हिँड्छ’, ओलीले भने, ‘अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुहुरा टुहुरी बनाउँदै दुनियालाई रुवाउँदै हिँडु त म?’
उनले आफूले देशको अनुहारमा मुस्कान ल्याउन चाहेको बताए। ‘हाम्रा,बालबालिका, किशोर, किशोरी, युवा, बाआमा, मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहान्छु’, उनले भने। उनले सरकारले त्यसका लागि काम गरेको समेत बताए।

