महेन्द्रनगर । नेपाल बाल संगठन बाल मन्दिर कञ्चनपुरको नयाँ कार्यसमिति चयन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । सोमबार संगठनको साधारण सभाबाट बुडढाको अध्यक्षतामा समिति चयन गरिएको छ ।

समितिमा दिर्घराज भट्ट, नवराज जोशी, उमेश पाण्डेय, प्रशान्त भट्ट, नितिश रावल, कमल रोकाया र लोकेश पाल सदस्य चयन गरिएका छन् ।
संगठनको विधान अनुसार समितिमा सभापतिलाई दुई र केन्द्रीय समितिले एक सदस्य मनोनित गर्ने अधिकार दिइएको छ । सभापतिले संगठनका पदाधिकारी चयन गर्ने छन् । संगठनका सभापति बुडा यस अघि तदर्थ समितिको सभापतिमा मनोनित गरिएको थियो । विघटित प्रतिनिधि सभा सदस्य निरुदेवी पालले साधारण सभा उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष बीर बहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वरी प्रसाद जोशी, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बाल संगठन कैलालीका अध्यक्ष चुडामणी भट्ट लगायतले शुभ कामना मन्तव्य राखे । उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट समिति चयन गरिएको हो ।
कार्य समिति
