डडेल्धुराः मंगलबार डडेल्धुरामा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

अमरगढी नगरपालिका–२ कैलपाल मन्दीर नजिकै ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो ।
उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल पुगाइएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।