प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफै अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

माघ १५, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘ एकजना बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे उक्त टिप्पणी गरेका थिए ।

अदालतको बहसलाई तमासा र कानून व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्