सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक विदा

बैतडी । सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै माघ १६ गते सहिद दिवस अवसरमा विदा दिने निर्णय गरेको हो ।

सहिद दशरथ चन्दको जन्म घरमा विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाइने भएकाले नगरक्षेत्रभित्रमा विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए ।

विदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सहिद दशरथ चन्दको जन्मघर दशरथचन्द नगरपालिका –५ बस्कोट हो। यसैबीच सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार विविध कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाउने तयारी भएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । उनले भने ‘प्रतिष्ठानले २०५१ सालदेखि निरन्तर रुपमा सहिद सप्ताह मनाइरहेकोले यो वर्ष पनि जन्मघरमै कार्यक्रमको आयोजना गरेका छौ ।’

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको भवन सुन्दरखालीबाट ¥यालीसहित सहिदको जन्मघरमा पुग्ने र त्यहाँको श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले खेलकुद प्रतियोगिता, विद्यालयस्तरीय विभिन्न प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

तत्कालिन राणा शासनको विरोधमा उत्रिएका सहिद दशरथचन्दलाई काठमाडौंको शोभा भगवतीमा विसं १९९७ माघ १५ गते गोली हानी हत्या गरिएको थियो ।

दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको दशरथचन्द नगरपालिका ५ बस्कोटमा भएको थियो । अहिले उनको घरलाई पाहुना घरका रुपमा संरक्षण गरिदैँ आएको छ ।थाहाखबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्