प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई कहिल्यै सहयोग गरेनन्ः मुख्यमन्त्री भट्ट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा (माधव–प्रचण्ड) समुहका नेता त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि सुदूरपश्चिमलाई सहयोग नगरको आरोप लगाएका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित नेकपा(माधव–प्रचण्ड) समुहको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको विकाशमा कहिल्यै सहयोग नगरेको बताए ।

‘हामीले प्रधानमन्त्री ओलीलाई यहाँको विकाशका लागी पटक–पटक सहयोगको लागि आग्रह गरेयौ ।’मुख्यमन्त्री भट्टले भने ‘तर ओलीले कहिल्यै सहयोग गरेनन् ।’

प्रधानमन्त्री ओलीले सुदूरपश्चिममाथी अन्याय गरेको उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्