महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (माधव–प्रचण्ड) समुहका सुदूरपश्चिम संयोजक भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुले काम गर्न नदिएको बताएका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित नेकपा(माधव–प्रचण्ड) समुहको जनसभालाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री ओलीले विदेशीका लागी नागरिकता खुल्ला गरी नेपालीलाई नेपालमा अल्पमतमा पार्ने,सयुक्त सैनिक अभ्यास,नेपालको स्वतन्त्र परराष्ट्र नितिको विरुद्धमा गर्न खोजेका काम आफुहरुले गर्न नदिएको बताए ।
‘ प्रधानमन्त्री ओलीले भन्ने गर्नु हुन्छ,मलाई काम गर्न दिएनन्, हो हामीले विदेशीका लागी नागरिकता खुल्ला गरी नेपालीलाई नेपालमा अल्पमतमा पार्ने काम,सयुक्त सैनिक अभ्यास,नेपालको स्वतन्त्र परराष्ट्र नितिको विरुद्धमा गर्न खोजिएको काम,नेपाली किसानका विरुद्ध गर्न लागिएको काम रोकेका हौ ।’