युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा कैलालीका तेज

महेन्द्रनगर । विश्वमा युवा विकास प्लेटफर्मको रूपमा परिचित युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा कैलालीका तेज राज उप्रेती चयन भएका छन् ।

विश्व भरका १२० देशका प्रतिनिधि र ७ जना क्षेत्रीय संयोजक मध्ये कन्ट्री एड्भाइजरमा चयन भएका केवल ३ जना अन्तर्गत नेपालको प्रतिनिधित्व गरेका कैलालीका तेज पनि रहेका छन् ।

कैलालीको धनगढीका तेज विगत ३ वर्ष देखि युथ अपर्चुािटिमा काम गर्दै आएका छन् । उनले उक्त संस्थामा सन् २०१८/०१९ मा कन्ट्री एम्बेसडर,२०२० मा क्षेत्रीय संयोजकका रुपमा पनि काम गरीसकेका छन् ।

विश्वभरका युवाहरूले युवा अवसरमा उनको योगदानका लागि उनलाई अवसर मानिसका रुपमा चिन्छन् ।

संस्थाले युवाहरूलाई निःशुल्क असीमित अवसरहरूको लागि सजिलो र तात्कालिक पहुँच प्रदान लगाएत युवाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्