‘होटलहरुको स्तरीकरणसँगै फूड कल्चरको विकास गछौँ’: अध्यक्ष भट्ट

कञ्चनपुरमा लामो समय देखि होटल पर्यटन व्यवसायमा आवद्ध युवा व्यवसायि हुन् जगदशि चन्द्र भट्ट । करिब दुई दशकको व्यवसायि यात्राको क्रममा होटल व्यवसायि छाता संगठन होटल व्यवसायी संघमा सदस्य, महासचिव र उपाध्यक्ष रहिसकेका छन् । २०३८ सालमा बैतडीको दोगडा केदार गाँउपालिका–४ पिपलकोटमा जन्मीएका अध्यक्ष भट्टको आधारभुत तहको अध्ययन गाँउ भयो भने उच्च शिक्षाका लागि भारतको दिल्ली पुगे । उनको दिल्ली युनिर्भसिटिबाट हस्पिटालिटी म्यामेजमेन्टमा एमबिए गरेका छन् । अध्ययनपछि दाजु गजाधर भट्टसँगै पारिवारीक रुपमा व्यवसायमा लागे । तत्कालिन समयमा करिब एक करोड लगानीमा सुरु भएको होटल गंगोत्रीबाट व्यवसायि यात्रा थालेका भट्ट अहिले रेष्टुरेन्ट, बेकरी, टुर एण्ड ट्राभल र गंगोत्री इन्सीटुड अफ होटल म्यानेजमेन्ट पनि सञ्चालन गरिरहेका छन् । पर्यटन क्षेत्रको अत्यधिक माया र लगावले नै व्यवसायबाट भएको आम्दानीलाई पुनः यस क्षेत्रमा लगानी गरिरहेको उनी बताउँछन् । व्यवसायीहरु बिच एक–एर्का सीप र क्षमतालाई आदानप्रदान गर्न सके स्तरीय सेवा सेविधासँगै होटल व्यवसाय फष्टाउने उनको धारणा छ । संघ १६ औँ अधिवेषनबाट उनी होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्ष चयन भएका छन् । व्यवसायिक र संस्थागत विकासका लागि भावि योजनाबारे केन्द्रीत रहेर नव निर्वाचित अध्यक्ष भट्टसँग पत्रकार मदन गिरीले गरेका संवादको संम्पादीत अंश ।

यो अवसरलाई कसररी लिनु भएको छ ?

कोभिड–१९ को संक्रमणले सबै क्षेत्रहरु अस्तव्यस्त र धरासायी अवस्थामा छन् । एउटा जटिल परिस्थीतिमा पाएको यो जिम्मेवारीलाई मैले अवसर र चुनौतीको रुपमा लिएको छु । कोभिड–१९ ले धरासायी बनेको यो क्षेत्रलाई पुर्नरजिवित गर्नुपर्ने मुख्य चुनौती छ । भने हामी ्रदान गरिरहेको सेवा–सविधा थप व्यवस्थीत, परिकृत गदैँ पेसालाई सम्मानीत र मर्यादीत बनाउने अर्को अवसर पनि छ । लामो सयमको व्यवसायीक यात्रासँगै होटल व्यवसायी संघसँगको आवद्धता र लगावले नै यो अवसर मिलेको जस्तो लाग्छ । कोेभिडले सबै भन्दा बढी प्रभावित बन्न पुगेको क्षेत्र नै होटल व्यवसाय हो । धेरै व्यवसायी साथिहरुले व्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको छ । यसलाई पुर्नउत्थान गदैँ प्रगतिशिल बाटोतर्फ डो¥याउनु पर्ने आवश्यकता छ ।


कोभिडको संक्रमणपछि यहाँको होटल व्यवसायीको अवस्था कस्तो छ ?


सबै भन्दा सुखद पक्ष भनेको अहिले कोरोना भ्याक्सीन बनी सकेकाले हामी कोरोनापछिको अवस्था भन्न थालि सकेका छौँ । लामो समय देशमा लकडाउन भयो । अहिले सबैजसो व्यवसाय सामान्य अवस्थामा आउने फर्किदैँ छन् । तर होटल व्यवसाय त्यसमा फरक छ । जबसम्म एक ठाँउबाट अर्को जाने अवस्था निर्वाद रुपले सञ्चालन हुन सक्दैँन तबसम्म यो व्यवसायले गति लिन सक्दैन् । हामी बोडर सिटीको रुपमा रहेका छौँ । यहाँको व्यवसाय प्रत्यक्ष रुपमा नाकामा हुने आवागमनमा नै निर्भर रहन्छ । तर अहिले नाका खोलिएको भनेपनि त्यो सहज र पुर्ण रुपमा खुल्न सकेको छैन् । यसैले होटल व्यवसायलाई अझै पुर्नजिवित हुनको लागि समय लाग्छ । तर पनि हामी आवावादी छौँ हामी भारतीय सीमावर्ती बजार भएको हुनाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने ट्रान्जीट पोईन्टको रुपमा रहेकाले नाका पुर्ववत् रुपमा खुल्नु जरुरी छ । आवागमन पुर्ण रुपमा सहज भयो भने भने हामीलाई राहात हुन्थ्यो । हाम्रो यो सरकारसँग जोडदार माग पनि छ ।


कञ्चनपुरमा रहेका होटलले कस्ता प्रकृतिका रहेका छन् ?


कञचनपुरमा होटल व्यवसायको विकास पुर्ण रुपमा भईसकेको छैन् । यो व्यवस्थीत हुने क्रममा छ यहाँ बहु संख्यक होटल साना र मध्यम स्तरका छन् । धेरै जसो सानो पुजीबाट सञ्चालन भएका र स्वरोजगार बन्न लागि खोलिएका होटलको संख्या उल्लेख्य छ । भारत जाने आउनेहरुले एक–रात आश्रय लिने/दिने गरि सेवा दिने प्रकृतिका होटल व्यवसाय महेन्द्रनगरमा सञ्चालित छ ।

अहिले ४ सय १० व्यवसायी संघमा आवद्ध हुनुहुन्छ, त्यतिकै संख्यामा व्यवसायिहरु बाहिर रहेको हाम्रो अनुमान छ । पछिल्लो समय नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय भएपछि यहाँ उच्च स्तरका नयाँ होटल, रेष्टुरन्ट पनि खुले । दुभाग्र्य भन्नु पर्छ कोभिडले भ्रमण वर्षको कार्यक्रम स्थगित भयो ।


त्यसै गरि धनगढी लगायत महेन्द्रनगरमा पनि पछिल्लो समयमा ठुलो लगानीका स्तरीय होटल खुलेका छन्, खुली रहेका पनि छन् । अहिले जिल्लामा पाँच वटा ठुलो लगानीका होटल खुलेका छन् भने १५ वटा मध्यम स्तरका होटल सञ्चालन रहेर यहाँको पर्यटन क्षेत्रलाई टेवा पु¥याईरहेका छन् । योसँगै बजारमा फरक किसिले नयाँ रेष्टरेन्ट खुल्ने ट्रेन्ड बढेको छ । अहिले नयाँ व्यवसायी साथिहरु पनि यो क्षेत्रमा राम्रो लगानी गरेर आईरहनु भएको छ, जुन उत्साहजनक छ ।


होटल व्यवसायलाई व्यवस्थीत र स्तरिय बनाउन तपाईको योजना के छ ?


कोभिड अघिको अवस्थाको कुरा गर्दा हामी भारत आवतजावत गर्नेमा मात्रै निर्भर नभए धार्मीक पर्यटकका रुपमा भारत जाने, त्यस्तै गरि नेपालबाट अध्ययनका लागि भारतीय शहर र पश्चिमी नाका गड्चौकी भएर नेपाल आउने तथा बाहिरने र यहाँ घुम्न आउनेको संख्या बढ्दै गईरहेको छ । उहाँहरु केही दिन बसेर यहाँको सेवा सुविधा उपयोग गर्छन् । यहाँका पर्यटकीय क्षेत्रको भम्रण गर्ने संस्कार विकास भईरहेको छ ।

यहाँ साना मझौला, होटल अधिक भएपनि ठुला स्तरीय होटलले विकास पुर्ण रुपमा भईसकेको अवस्था छैन् । त्यसका लागि व्यवसायसँगसँगै यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने, ठुलो लगानी भित्र्याउनका लागि व्यवसायी साथिहरुले आकृर्षित गर्नु पर्नेछ । त्यस्तै यहाँ रहेका होटलहरुलाई तिनिहरुले प्रदान गर्ने सेवा–सुविधाका आधारमा स्तर निर्धारण गर्नुपर्ने आवश्यक छ ।

त्यसका लागि चाँडै नै खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीको सहयोगमा होटलको स्तरिकरण मापन गर्ने र कार्ड वितरणको योजना छ । होटलहरुलाई थप व्यवस्थीत एंव सेवा सुविधा विस्तारका लागि तालिम, गोष्ठी र अभिमुखिकरण कार्यक्रम गर्ने योजना छ । साथै सेवाग्राहीको सजहता लागी पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने सुचना संयन्त्र बनाउने र प्राविधि बढ्दो प्रयोगसँगै व्यवसायी साथिहरुलाई प्रविधिमैत्री बन्न प्ररेरित गछौँ,फुड कल्चरको विकासका लागि विभिन्न खाद्य मेलाको आयोजना गछौँ ।

संघिय संरचना अनुसार जिल्ला स्थानीय तहमा पनि संघलाई पुर्ण रुमिा विस्तार गछौँ । त्यस्तै संस्थागत हकहितका लागि पनि सबै व्यवसायीहरुलाई संघमा आवद्ध गराउने र यहाँको पर्यटनको विकाससँगै राज्यलाई योगदान गर्ने हाम्रो लक्ष्य हो ।


पर्यटन क्षेत्रको विकास कसरी गर्न सकिन्छ, त्यसमा व्यवसायीको भुमीका के रहन्छ ?


कञ्चनपुर सुदूरपश्चिमकै पर्यटकीय सम्भावना बोकेको महत्वपुर्ण गन्तव्य हो । भारतीय सीमा क्षेत्रसँगै तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरु पश्चिमी नाका भएर प्रवेश गर्छन् । नेपालबाट बाहिर जानेले पनि हाम्रो बोडर प्रयोग गर्छन् । यो एउटा ट्रान्जीट शहरको रुपमा रहेको छ ।

त्यसैले उहाँहरुको बसाईको अवधीलाई लभ्याउन यहाँका पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी छ भने हामी व्यवसायि साथीहरुको स्तरीय सेवा सुविधा उपलब्ध गराउने जिम्मेवारी बन्छ । यहाँ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्य हो भने एसियाकै लामो झुलुङगे पुल दोधराचाँदनी, धार्मीक आस्थाका धरोहर बैजनाथ मन्दीर, बह्मदेव, झिलमिता ताल, वेदकोट ताल, लिङ्गेश्वर धाम लगायका थुप्रै सम्भावना बोकेका क्षेत्रहरु छन् ।


राज्य पक्षले यिनको प्रचार प्रसारसँगसँगै पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्छ । होटल व्यवसाय पर्यटनको मेरुदण्ड नै हो । त्यसैले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा–सुविधासँगै पर्यटकीय क्षेत्रका बारेमा सुचना दिई उनिहरुलाई आकृर्षित पार्न सक्नु पर्छ । युवा पुस्तालाई आकृर्षित पार्ने एडभेन्चर टुरिजमको विकास गर्नु पर्ने छ ।


चर्को मुल्य लिने तर त्यो अनुसारको सेवा–सुविधा नदिने गरेको आरोप तपाईहरुलाई लाग्ने गरेको छ नी ?


यो विषयमा म के स्पष्ट पार्न चाहान्छु व्यवसायीले आफ्नो सेवा सुविधाको स्तर अनुसार शुल्क दिने हो । त्यो स्वस्थ प्रतिस्पर्धात्मक हुनुपर्छ । कञचनपुरको हकमा शुल्क अनुसारको सेवा–सुविधा नदीएको आरोप छ, त्यो आरोप मात्रै हो । नेपालकै सस्तो सेवा–सेविधा दिने जिल्लाको रुपमा हामी पछौँ जस्तो लाग्छ ।

बढ्दो महङ्गीको यो अवस्थामा पनि एक सय रुपयाँसम्ममा खाना खुवाउने व्यवस्था भएका होटलहरु हामी कहाँ छन् । यद्यपी यो व्यवसायिक रुपमा हाम्रो लागि फाईदाजनक नभएको मुल्याङकन पनि हो । त्यस्तै गुणस्तरको सवालमा अथवा सेवाको सम्पादनमा हामी शुल्क लिनुपर्छ । बढी पनि लिन पाउँदैनौ । वर्तमान अवस्थामा हामी कहाँ आउने ग्राहकहरु अधिकांश निम्न र मध्यम स्तरकै छन् त्यसैलाई लक्षीत गरेर पनि सेवा शुल्क चार्ज भईरहेको छ । कहिँ कतै त्यस्तो समस्या भएमा त्यसलाई क्रमिक रुममा सुधार गर्ने हाम्रो प्रयास रहन्छ ।


यहाँका व्यवसायीक समस्याहरु के–के छन्, तिनलाई कसरी समाधान गर्न सकिन्छ ?


होटल व्यवसायमा थुप्रै किसिमका समस्या छन् । पहिले त हाम्रा कतिपय व्यवसायी साथिहरु पनि यस क्षेत्रको अनुभव नभएका र कार्य क्षमता नभएकाहरु पनि छन् । स्वरोजगार बन्न कै लागि उहाँहरु यो पेसातर्फ लागेको पाईन्छ । त्यसले उहाँहरुलाई व्यक्तिगत रुपमा व्यवसायीक नोक्सानी त छदैँछ र सेवाग्राहीलाई सेवा–सुविधा प्रदान गर्ने सवालमा पनि चुकिरहेका छौँ जस्तो मलाई लाग्छ । तर पनि म उहाँहरुलाई स्वारोजगार बन्ने र रोजगारी दिने प्रयास गरेकोमा धन्यवाद दिन्छु ।

अब हाम्रो प्रयास भनेको त्यस्ता व्यवसायी साथिहरुलाई क्षमता विकासका लागि तालिम दिने र अभिमुखिकरण गर्ने रहन्छ । त्योसँगै हामी कहाँ थुप्रै व्यवसायिक समस्याहरु छन् । जस्तो कि दक्ष जनशक्तीको अभाव छ, भने जस्तो सेफ पाउन समस्या छ । गुणस्तर कृषी उत्पादनको सहज आपुर्तीको अर्को समस्या छ ।


गम्भीर विषय त के छ भने हामी व्यवसायीलाई समाजले हेर्ने दृष्टीकोणमा नै ठुलो समस्या छ । हामीलाई सामान्य होटलवाला मात्रै सम्झीने र पैसा मात्रै अशुल्छन् भन्ने खालका आरोपहरु हामीले सुन्न पर्छ, जुन गलत हो । हाम्रो यहाँ अझै पनि होटल व्यवसायलाई शहरीया नजरले हेरिदैँन्, त्यो किसिमको संस्कारको विकास भईसकेको छैन् । हाम्रो अबको एउटा मुख्य चुनौती पनि हो की हामीलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न सक्नुपर्छ । हामीले दिने सेवा सुविधाको स्तरिकरणसँगै आम मानिसमा फुड कल्चरको विकास गर्नुपर्ने देखिन्छ ।
होटल व्यवसायको विकासका लागि राज्यको भुमिका रहन्छ ?

अहिलेको अवस्थाममा कोभिडले धरासायि बनेको अर्थतन्त्रलाई उकास्न राज्य पक्षको भुमीका महत्वपुर्ण छ । कोभिड संकक्रणका कारण गरिएको लकडाउनले सम्पुर्ण व्यवसाय ठप्प भए । बैकं ऋण, होटल भाडा, स्टार्फ तलब तिर्न नसकेर धेरै जसो व्यवसाय थलिएको अवस्थामा छन्, यिनको पुर्नजीवनका लागि सरकारले एकिकृत राहात व्याकेजका कार्यक्रम ल्याउन पर्नुपर्छ, सौहुलित ऋण उपलब्ध गराउनु पर्छ ।

व्यवसायीलाई प्रोत्साहित गर्न विभिन्न क्षमता अभिवृद्धी कार्यक्रम सञ्चालन गर्नु पर्छ । होटल व्यवसाय पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । त्यसका लागि पर्यटन पर्वद्धनमा जोड दिनुपर्छ । पर्यटक आतित्थ सत्कारसँगै सहज आवागमनको व्यवस्था मिलाउनु पर्छ ।
तपाई होटल व्यवसायमा कसरी आवद्ध हुनुभयो ?

म होटल व्यवसायमा लागेको करिब १८ वर्ष भईसकेको छ । यसलाई लामो अवधि नै मान्नु पर्छ । २०६० सालतिर दाई(गजाधर भट्ट) ले व्यवसाय सुरु गर्नुभयो । अध्ययन सकेर म पनि यसै क्षेत्रमा लागे । एकेडेमिक ज्ञानसँगै काम गदैँ जाँदा अनुभव पनि लिए। अहिले फुडीङ्, लजिङसँगै बेकरी, रेष्टुरेन्टलगातय टुर एण्ड ट्राभलस् व्यवसायमा आवद्ध छु ।

महेन्द्रनगर बोर्डर सिटी भएकाले भारत मात्रै नभई तेस्रो मुलुकका पर्यटकलाई पनि यहाँ भित्र्याउनु पर्छ । पर्यटन क्षेत्रको विकासले नै नेपालको अर्थतन्त्र विकासको मेरुदण्ड हो भन्ने कुरा बुझेर नै यस क्षेत्रमा लागेको हुँ । अहिले निरन्तर यसै लागि रहेको छु । त्यस्तै होटल म्यानेजमेन्ट इन्स्युटुट् समेत सञ्चालन गरि दक्ष जनशक्ती उत्पादन गरिरहेको छौँ । टुर एण्ड ट्राल्भलमाफर्त देश विदेशको सुरक्षीत यात्रा गराई रहेको छौँ । बाँकी समय पनि यसै क्षेत्रको विकासका लागि खर्च गर्ने इच्छा छ ।-आर्थिक दृष्टि

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्