महेन्द्रनगरमा एक करोड लागतमा ‘अलाइभ पोलिक्लिनिक’ सञ्चालन

२४ सैँ घण्टा इकोकार्डिायोग्राफी सेवा

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा अत्याधुनिक उपकरणसहित ‘अलाइभ पोलीक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर’ सञ्चालनमा आएको छ ।

झन्डै एक करोड लागतमा अत्याधुनिक उपकरण सहित अलाइभ पोलीक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर सञ्चालन गरिएको सञ्चालक तथा डाक्टर ज्ञान प्रसाद भट्टले बताए ।

‘महेन्द्रनगरमा नौलो र केही फरक सेवा सुविधाका साथ झन्डै एक करोेड लगानीमा अस्पताल सञ्चालन गरिएको छ ।’ अस्पतालका सञ्चालक तथा डा. भट्टले भने ‘महेन्द्रनगरमा सायद निजि लगानीमा यो सबै भन्दा ठुलो पोलिक्लिनिक होला ?’

गत पुस १ गते देखी सञ्चालनमा आएको उक्त पोलिक्लिनिकमा महेन्द्रनगरमा पहिलो पटक २४ सै घण्टा मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) सेवा सञ्चालनमा ल्याएको डा. भट्टले बताए ।

‘विशिष्ट सेवा दिने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो ।’ उनले भने ‘त्यही अनुसार काम गरिरहेका छौ ।’ उनकाअनुसार हाल अस्पतालमा २ जना (आफु स्वयम र डा. परिक्षा अधिकारी भट्ट) एमबिबिएस डाक्टरले सेवा दिइरहेका छन् ।

डा. ज्ञान प्रकाश भट्ट र डा.परिक्षा अधिकारी भट्ट

उनले भने ‘अहिले पोलिक्लिनिकमा नसा रोग,मुटु रोग,बाल रोग, लगाएतका सेवा तथा उपकरण उपलब्ध छन् र अधिक उपकरण छिट्टै थप्ने पनि योजना रहेको छ।’ पोलिक्लिनिकमा बढी जसो मुटु र नसा सम्बन्धि रोगका बिरामीहरु आउने गरको डा. भट्टले बताए ।

‘हाम्रो पोलिक्लिनिकमा मुटु को भिडियो एक्सरे र नसा सम्बन्धी उपचारका लागी बढी बिरामी आउने गरेका छन् ।’ उनले भने ‘मुटुको भिडियो एक्सरे गर्न पोलिक्लिनिकमा दैनिक ५ देखी ७ जना बिरामी आउने गरेका छन् ।’

Read in English

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्