चिसापानीमा ‘बिच भलिबल’ प्रतियोगिता हुदैँ, विजेतालाई एक लाख पुरस्कार

महेन्द्रनगर २१ माघ । कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ । चिसापानि एडभेन्चर रिसोर्टले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिसापानीमा बिच भलिबल प्रतियोगिता गरिने जनाएको हो ।


सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने उद्देश्यकासाथ सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहहरूलाई समेट्ने गरी बिच भलिबल प्रतियोगिता आयोजना गरिन लागेको रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए ।


उनका अनुसार भलिबल खेल चैत्र १० देखि चैत्र १६ गतेसम्म खेलाइने र खेलसँगै सांस्कृतिक महोत्सव पनि सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजनको भनाई छ ।


प्रतियोगितामा सुदूर पश्चिमका सम्पूर्ण स्थानीय तहबाट एक\एक ओटा भलिबल टिमको सहभागिता गराइनेछ । सहभागिताका लागि १० हजार ईन्टÇी फिसहित फागुन २० गतेसम्ममा टिम दर्ता गराई सक्नु पर्नेछ ।

नेपालमै पहिलो पटक कर्णाली नदी किनारको बालुवामा हुने बिच भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, द्धितीय हुने टिमलाई ५० हजार र तृतीयलाई २५ हजार नगदसहित प्रमाणपत्र र टÇफीको व्यवस्था गरिएको छ ।

एक टीममा दुई जना मात्रै खेलाडी रहनेछन् । खेल अवधिसम्म खेलाडीको खानेबस्ने व्यवस्था निशुल्क रुपमा आयोजकले गर्ने सञ्चालक रावलले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्