कञ्चनपुरका ५० जना महिलालाई बाख्रापालनमा अनुदान

कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिक रूपमा सबल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पु¥याउन शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

नगरपालिकाको वडा–२ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई तीन हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि बेहोर्ने सहमति गरिएको छ ।

‘महिला आर्थिक रूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्’, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भनिन्, ‘महिलालाई आर्थिक रूपमा सक्षम बनाउनकै लागि सात दिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौं ।’

नगरपालिकाको दुवै वडाका २५÷२५ महिलालाई छुट्टाछुट्टै रूपमा तालिम प्रदान गरिएको उनले बताए ।

नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आबद्ध महिलाले अनुदान रकम पाएका छन् । पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताए । ‘व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौं’, उनले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्