महेन्द्रनगर । समाचार संकलन गर्ने क्रममा नेकपा (प्रचण्ड–नेपाल) समुहका नेता, कार्यकर्ताले आर्थिक दृष्टिका सञ्चालक पत्रकार मदन गिरीमाथी हातपात गरेका छन् ।
विहिबार भारतबाट फर्किएर महेन्द्रनगरमा अलपत्र परेका नेपालीसंग कुरा गरिरहेका पत्रकार गिरीमाथी पूर्वमन्त्री तथा नेकपा (नेपाल–प्रचण्ड) पक्षका नेता उर्वादत्त पन्त,भीमदत्त नगरपालिकाका पूर्व उप–प्रमुख ईश्वरी प्रशाद खरेल लगाएतका नेताले हातपात गरेका छन् ।
नेकपा नेताले बन्दको नाममा पत्रकारमाथी हातपात गरेको भन्दै अन्य पत्रकार,बुद्धिजिविले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

