कञ्चनपुरमा पत्रकारमाथि दुव्र्यहारः पार्टीले आत्म आलोचना गर्दै संलग्नले जिप्रका पुगेर माफि मागे

महेन्द्रनगर । विहिबार कञ्चनपुरमा रिर्पोटिङका क्रममा पत्रकारलाई दुव्र्यहार तथा हातपात गर्ने नेकपा (प्रचण्ड–नेपाल) समुहका नेता तथा कार्यकर्ताले माफी मागेका छन् ।

आम हड्तालको विषयमा समाचार संकलन गरिरहेको अवस्थामा पत्रकार गिरी माथी नेकपा (प्रचण्ड–नेपाल) समुहका नेता तथा पूर्वमन्त्री उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व उप–प्रमुख इश्वरी प्रसाद खरेल लगाएतका नेता कार्यकर्ताले हातपात गरेका थिए ।

शुक्रबार नेकपाका जिल्ला सचिव तथा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ, पत्रकार गिरीमाथी हातपात गर्ने इश्वरी प्रसाद खरेल, युवा संघका केन्द्रिय सदस्य रामचन्द्र रेग्मी लगाएतका नेता तथा कार्यकर्ता जिल्ला प्रहरी कार्यालयमा पुगेर पत्रकार गिरी र नेपाल पत्रकार महासंघ संग माफी मागेका हुन् ।

यस्तै नेकपा (प्रचण्ड–नेपाल) समुहले पत्रकार गिरीमाथी भएको हातापातको घटनाको जिम्मेवारी लिदै प्रेश विज्ञप्ति निकाल्दै आत्म आलोचना गरेको छ ।

पत्रकार गिरीमाथी भएको दुव्र्यहार प्रति घोर भत्सना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समिति,प्रदेश समिति,जिल्ला शाखा लगाएतले प्रेस विज्ञप्ति जारी गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्