महेन्द्रनगर २ फागुन ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० को श्रीलंका टोल नगरको दर्गम बस्तीको रुपमा चिनिन्छ । महाकाली नदीको तटिय क्षेत्रमा पर्ने यो बस्तीका स्थानीयको जनजीविकास सामान्य छ । दैनिक ज्यालामददुरी गरेर जिविका पार्जन गर्ने त्यहाँ स्थानीयहरुको कोभिड संक्रमणअघि सरसफाईमा खासै चाँसो हुन्थेन् ।
स्थानीय कमला टमटालाई सरसफाई गर्नुपर्छ भन्ने जानकारी थिएन् । दैनिक घरयसी काम काजमा व्यस्त हुने कमला विभिन्न रोगबाट बच्न नियमित सरसफाईमा जोड दिनुपर्नेबारे अनविज्ञ थिईन् । खाना पकाउनु÷खानुअघि, शैच गरिसकेपछि, जातोमेलो गरिसकेपछि साबुनपानीले हातधुनु पर्छ भन्ने उनलाई थाहा थिएन् ।

तर अहिले भने उनी सरसफाईमा विशेष ध्यान दिन्छीन । आफु पनि सरसफाई गर्ने र घरमा केटाकेटीलाई पनि खाना खानुअघि हातधुन लगाउछिन् । श्रीलंका बस्तीमा विगत तीन महिनादेखि सरसफाई सम्बन्धी कक्षा चलिरहेको छ । ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’को ‘आमाका चमत्कारीक हातहरु’ कार्यक्रम अन्र्तगत उक्त कक्षा सञ्चालन हुदैँ आएका छन् ।
अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले सञ्चालन गरेको कार्यक्रममा दर्गम बस्तीका आमाहरुलाई विभिन्न समुह बनाएर सरसफाईबारे प्रशिक्षण भईरहेको हो । आमाका चत्कारिक हातहरु कार्यक्रममा टोल÷बस्तीका आमाहरुलाई बोलाएर नियमित व्यक्तिगत तथा सामुदायिक सरसफाई, लैगिंक विभेद लगायका विषमा जानकारी दिईन्छ् । ‘पहिले हामीलाई सरसफाईको बारेमा थाहा थिएन्, नियमित साबुनपानीले हातधुने गरेका थिएनौँ ।’
स्थानीय कमला शार्कीले भनिन् आमाका चमत्कारीक हातहरु कार्यक्रम सहभागी भएपछि धेरै कुरा सिकेको छौँ, हाम्रो सरसफाईको व्यवहार परिर्वतन भएको छ ।’ अहिले विद्यालयबाट केटाकेटी आउँदा साबुनपानीले हात धोएर मात्रै खाना खान बोलाउने गरेको उनको भनाई छ । त्यस्तै स्थानीय शारदा टमटा पनि आमाका चकात्कारीक हातहरुको कक्षामा नियमित सहभागी हुन्छीन् । कक्षा लिएपछि आफु सरसफाईबारे धेरै कुराहरु थाहा पाएको उनले बताईन् ।
‘खेतकारी, जंगलबारबाट फर्केपछि सामान्य रुपमा हात पखाल्थौँ, साबुन पानीले धुनुपर्छ भन्ने थाहा थिएन् ।’ उनले भनीन् ‘कक्षामा सहभागी भएपछि धेरै कुरा सिकेका छौँ, घरमा पनि यहाँ सिकेका कुरा गछौँ, सरसफाईमा धेरै सुधार आएको छ ।’
कार्यक्रम सञ्चालन भएपछि स्थानीयको सरसफाईको व्यवहारमा धेरै सुधार आएको छ ।
आमाका चमत्कारी हातहरु कार्यक्रमकी प्रवद्र्धक तथा शिक्षीका प्रिया शार्कीले कक्षा सञ्चालन भएपछि त्यहाँका आमाहरुको सरसफाईको स्तरमा निकै सुधार भएको बताउँछिन् । उनको अनुसार श्रीलंका बस्तीका महिलाहरुलाई ७ वटा समुहका विभाजन गरिदै दिनैक रुपमा फरक÷फरक समयमा कक्षा सञ्चालन हुने गरेको छ । कार्यक्रम अन्र्तगत हरेक समुहलाई व्यत्तिगत तथा सामुदायिक सरसफाई र लैगिक विभेद न्यूनिकरणबारे प्रशिक्षण गराईन्छ ।
‘पहिले यहाँका आमाहरुले सरसफाईमा चाँसो राख्नु हुन्थेन् प्रर्वद्धक शार्कीले भनिन् कक्षा लिएपछि सबैले घरमा हात धुन छुट्टै पानी ट्याङ्कीको व्यवस्था गरेका छन्, सबैले नियमित रुपमा सरसफाई गर्छन्, घर आगन, भित्र–बाहीर सफा सुग्घर बनाएका छन् ।’ कार्यक्रमले कोभिड संक्रमणपछि स्थानीयको सरसफाईको स्तर उकास्न महत्वपुर्ण सहयोग पु¥याएको उनको भनाई छ ।
निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनका अनुसार संक्रमण नियन्त्रणका लागि स्वच्छ खानेपानी र सरसफाई अत्याआवश्यक भएकाले लक्षीत समुदायमा कार्यक्रम सञ्चालन गरिएको हो । अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरिएको छ ।
हरेका घरका आमा शिक्षीत भएपछि मात्रै परिवार र सामुदाय शिक्षीत हुने बताउँदै परियोजनाका संयोजक रेग्मीले भने ‘आमाका चमत्कारी हातहरु कार्यक्रम अन्र्तगत दुर्गम बस्तीका एक सय समुहमा कक्षा सञ्चालन भईरहेको छ, जसबाट त्यहाँका आमाहरु सरसफाईबारे पुर्ण रुपमा जानकार बन्दै गएका छन्, यसले स्थानीयलाई निरोगी बन्न मद्दत पुग्छ ’ उनले भने ।
साथै परियोजना अन्र्तगत निड्सले कक्षामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहज होस् भन्ने उद्देश्यका साथ स्थानीयलाई धारा जडित बाल्टीन र साबुन समेत हस्तान्तरण गरिएको संयोजक रेग्मीको भनाई छ ।