यातायात कार्यालयका कर्मचारीलाई काम गर्न भ्याईनभ्याई, दैनिक १० देखि १२ घण्टासम्म ड्युटी

नरेन्द्र प्रशाद भट्ट
महेन्द्रनगर ३ फागुन ।
सरकारी कार्यालयको समय सम्झीदाँ हामो मानसपटलमा बिहान १० देखि ५ बजेको समय आउँछ । त्यसमा पनि अधिकाशं सरकारी कार्यालयमा कर्मचारीको ढिलासुस्तीले यो समय छोटिन्छ । तर यातायात व्यवस्था कार्यायल महेन्द्रनगरका कर्मचारीको दैनिकी भने भिन्नै छ । यातायात व्यवस्था कार्यायल महेन्द्रनगरका प्रमुख हुन् बिनोद कुमार माली । आईतबार उनी कार्यालयबाट आफिस क्वाटरमा फर्किदाँ ७ बजि सकेको थियो ।

बिहान ७ बजेबाट मोटर साईकलको ट्रायल भएकोले उनी सबेरै उठे । ६ बजेबाटै नै आफिसको काम खटिए । बिहान ७ बजेटबाट ११ बजेसम्म ट्रायल सेन्टरमा सेवाग्राहीलाई जाँचपासमा खटिएका उनी त्यहाँबाट अफिस क्वाटरमा खाना खाएर १२ बजे कार्यकक्षमा हाजिर भए । कार्यालयका धेरै सेवाग्राही प्रमुख प्रतिक्षामा थिए । सेवाग्राहीको काम गर्दागदैँ ५ बजेको उनलाई पत्तै भएन् ।

कार्यालय समय सकिएपनि प्रमुख मालीको काम भने सकिएको थिएन् । लाईसेन्सको लिखित परिक्षाको तयारी, लिखित परिक्षामा पास भएकाको ट्रायलको तयारी लगायका काम सक्दाँ ७ बजी सकेको थियो । उनिसँग कार्यालयका अन्य कर्मचारी पनि काममा खटिन्छन् । कार्यालयका सबै कर्मचारी जिम्मेवारी बाँडफाँड गरिएको छ । कतिपय काममा कार्यालय प्रमुख माली आफै पनि खटिन्छन् ।
‘दिनमा सेवाग्राहीको काम नगरी भएन् ।’ कार्यालय प्रमुख मालीले भने ‘कार्यालय समय सेवाग्राहीको काममै बित्छ, धेरैपछि सवारी अुनमती पत्रको लाईसेन्स खुलेकाले ठुलो चाप छ, साझबिहान नभनी काम गर्नुपर्छ ।’ कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले लामो समय कार्यालयका कामकाज ठप्प भएपछि अहिले कामको चाप बढेको कर्मचारीको भनाई छ ।
यातायात व्यवस्था कार्यायल महेन्द्रनगरले मंसिर यता मात्रै ५ हजार पाँच सय बढी सेवाग्राहीको लाईसेन्सको लिखित र ट्रायल परिक्षण गराएको छ ।


कार्यालयमा कर्मचारीको अभावका कारण सेवा सम्पादनमा समस्या भएको कार्यालय प्रमुख मालीले बताए । पुरानो दरवन्दी अनुसार कर्मचारी कार्यरत भएपनि बढ्दो जनसंङख्याले सेवाग्राहीको संख्या पनि उल्लेख मात्रामा रहेको उनको भनाई । महाकाली अञ्चलका चार जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कार्य क्षेत्र रहेको यातायात व्यवस्था कार्यायल महेन्द्रनगरमा हाल १८ जना स्थायी र ६ जना करार गरि २४ जना कर्मचारी सेवारत छन् ।
त्यस्तै विभागबाट काम अनुसारको सेवा–सुविधा नभएको उनको गुनासो छ । यातायातका कर्मचारीले अधिकाशं कार्यालय समयभन्दा बढी सेवा दिएपनि त्यसबाफतको सेवा सुविधा नपाएको उनले बताए । यातायात व्यवस्था कार्यायलले चालु आर्थिक वर्षको हालसम्ममा १३ करोड ४३ लाख राजस्व संकलन गरेको छ । कार्यालयको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक बजेट समेत अभाव रहेको कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्