महेन्द्रनगर ५ फागुन ।
भीमदत्त नगरपालिका–९ खल्लाको सन्तनगरको सडक छेउमै छ नरेन्द्र नेपालीको घर । घरमा पस्ने मुल प्रवेशद्धारामा धारा जडीत पानिको बाल्टीन र साबुन राखिएको छ । नरेन्द्र काम गरेर फर्किदा सधैँ साबुन पानीले हात धोएर मात्रै घरमा पस्छन् । आँगनमै साबुन पानी राखिएकाले घरका अन्य सदस्यहरु पनि हातु धुने बानी परेका छन् । विद्यालयबाट केटाकेटी आउँदा उनीहरु पनि हात धोएर मात्रै घरमा पस्छन् ।
‘पहिले व्यवस्थीत पानीको धारा थिएन, सरसरफाईमा खासै चाँसो पनि हुन्थेन् ।’ स्थानीय नरेन्द्र नेपालीले भने ‘धारासहित पानिको बाल्टीन आँगनमै राखेका छौँ, घरभित्र पस्दा सबैले हात धोएर आउँछन् ।’ आँगनमै पानीको धारा जडित बाल्टीन भएपछि स्थानीयलाई साबुन पानीले हात धुन सहज भएको हो ।

त्यस्तै स्थानीय मदन नेपालीको घर आँगनमा पानीको धारा राखिएको छ । घर पस्नु अघि परिवारका सबै सदस्यले हात धुन्छन् । परिवारका सबै सदस्यमा हात धुने बानिको विकास भएको छ । कोराना भाईरसको महामारीअघि सरसफाई खासै चाँसो नदीने स्थानीय अहिले सचेत बनेका छन् ।
निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ सञ्चालन भएपछि स्थानीयको सरसफाईमा व्यवहार परिर्वतन हुन थालेको हो । परियोजनाले जनचेतनासहित आवश्यक सरसफाई र स्वास्थ्य सामाग्री वितरण गरेपछि उनीहरुको व्यवहार परिर्वतन हुन थालेको हो । परियोजनाले खल्लाका १ सय १० घरदरीलाई धारा बडित बाल्टीन र साबुन हस्तान्तरण गरेको हो ।
बाल्टीन हस्तान्तरणपछि स्थानीयको स्वस्थ्य व्यहारमा परिर्वतन आएको स्थानीय अगुवा अञ्जली देवी बोहराले बताए । अुनसार बाल्टीन र साबुन पाएपछि स्थानीयमा नियमित साबुनपानीमा नियमित हात धुनेबानीको विकास हुदैँ गएको छ भने सबैले नियमित बाल्टीनमा पानी राखेर सरसफाई गरिरहेको गदैँ आएका छन् । ‘मैले पनि पसलका अगाडी हात धुने व्यवस्था गरेकी छु, यहाँ आउने सबैले खोजी खोजी हात धुने गरेका छन् ।’ उनले भनीन् ‘सबैको घरमा हात धुने व्यवस्था गरिएको छ, त्यसैले उहाँहरु अहिले हात धुने बानी परिसक्नु भएको छ, यसले सरसफाईमा निकै सहज भएको छ ।’
विभिन्न रोगव्याधीको नियन्त्रणको उत्तम उपाय सरसफाई भएकाले स्थानीयलाई सरसफाईमा विशेष जोडदिन परियाजनाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि गरेका कार्यक्रम भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरिएको छ ।
साथै परियोजनामार्फत ८ वटै वटाका दुर्गम बस्तीहरुमा सरसफाई लगायत स्वस्थ्य सामाग्री वितरणसँगै जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको छ । परियोजना संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार संक्रमण नियन्त्रणका लागि स्वच्छ खानेपानी र सरसफाई अत्याआवश्यक भएकाले लक्षीत समुदायमा कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनमार्फत करिब तीन सय घरदुरीमा पानी बाल्टीन र साबुन हस्तान्तरण गरिएको भनाई छ ।

