दुर्घटना नियन्त्रणका लागि वेदकोट नगरपालिकाद्धारा मुख्य बजार क्षेत्रमा सडक डिभाइडर

महेन्द्रनगर ७ फागुन ।
कञ्चनपुरको वेदकानेट नगरपालिकाले सडक दुर्घटना नियतन्त्रणका लागि सडक डिभाडर राखेको छ । सडक दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका लागि वेदकोट नगरपालिकाद्धारा प्रजातन्त्र दिवसको अवसरमा डिभाइडर राखिएको हो ।

शुक्रबार दिवसका अवसरमा वेदकोट नगरपालिकाले नगरका मुख्य बजार क्षेत्रका सडक चोकहरुमा डिभाइडर राख्न सुरु गरेको हो ।
सडक दुर्घटनाको जोखिम नियन्त्रण र ट्राफिक व्यवस्थापनका लागि डिभाडर राखिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

साथै यसले ट्राफिक व्यवस्थापनमा हसज हुने उनको विश्वास छ । वेदकोट नगरपालिकाले यसअघि नगरका मुख्य बजार क्षेत्रमा सिसिटिभी क्यामरा समेत जडान गरिसकेको छ ।


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, सशस्त्र प्रहरीका एसपी , राष्ट्रिय अनुसन्धान आयोगका एसपी , नेपाली सेना अधिकृतलगायतको उपस्थितिमा नगरपालिकाले जिल्ला ट्राफिक प्रहरीलाई सडक डिभाइडर हस्तान्तरण गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्