लैङ्गिक समानतामा जोड दिन वक्तित्व कला प्रतियोगिता, पाँच जना विद्यार्थी पुरुस्कृत

महेन्द्रनगर ७ फागुन ।
निड्स नेपाल कञ्चनपुरले आयोजना गरेको वक्तित्व कला प्रतियोगितामा कसिश उराउ विजयी भएकी छिन् । लैङ्गिक समानता अन्र्तगत घरायसि स्याहार सुहार कार्यमा पुरुषको सहभागिता विषयक वक्तित्व कला प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण)की कक्षा १० मा अध्ययरत छात्रा उराउ प्रथम भएकी हुन् ।


अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले सञ्चालन गरेको स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजन अन्र्तगत शुक्रबार महेन्द्रनगरको मदन भण्डारी स्मृति आधारभुत विद्यालयमा प्रतियोगिता आयोजना गरिएको हो ।

भीमदत्त नगरपालिका–१८ को सालघारी क्षेत्रका सुकुम्बासी परिवारका बालबालिकालाई लक्षीत गरि वक्तित्व कला प्रतियोगिताको आयोजना गरिएको हो ।


प्रतियोगितामा साधारणकै कक्षा १२ मा अध्ययरत लक्ष्मी शाह द्धितिय र कक्षा ८ मा अध्ययरत रेनुका चौधरी तृतिय भएकी छिन् । उनिहरुले स्कुल ब्याग, एक÷एक दर्जन कापी, कलम, औजार बक्स, स्यानिटाईजर लगायकाक शैक्षिक सामाग्रीसहित पुरुस्कृत भएका छन् ।


त्यस्तै प्रतियोगितामा जलपरी ओलले चौथो र नविन नेपालीले पाँचौ स्थान हासिल गरेका छन् । उनिहरुलाई सान्तना पुरुस्कार स्वरुप शैक्षिक सामाग्री दिईएको परियोजना संयोजक प्रयागराज रेग्मीले बताए । उनका अनुसार लैङ्गिक समानताका जोड दिने उद्देश्यका साथ गरिएको प्रतियोगितामा १० जनाले सहभागिता जनाएका थिए ।


त्यस्तै प्रतियोगिताका मुल्याङ्कनकर्ता समेत रहेका सरस्वती माध्यमिक विद्यालयका शिक्षक नवराज पन्तले यस्ता प्रतियोगिताले बालबालिकामा रहेका अन्र्तनिहित प्रतिभा प्रष्फुटन हुने बताए । सामाजिक रुपान्तरण विद्यार्थीको भुमिका उलेख्य रुहपमा रहने बताउँदै बेलाबेला अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उनको भनाई छ ।


मदन भण्डारी स्मृती विद्यालयकी प्रधानाध्यापक डा. पदमा साउदले पनि समाजमा लैङ्गिक समानताबारे जनचेतना फैलाउन विद्यार्थीहरुको महत्वपुर्ण भमिका रहने बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्